• २०८१ बैशाख १४ शुक्रबार

सेनाद्वारा अपांगमैत्री शौचालय हस्तान्तरण

kharibot

रोल्पा ।  नेपाली सेनाको खड्ग दल गण, रोल्पाले तारा मावि, वामरुकलाई नवनिर्मित अपांगमैत्री शौचालय हस्तान्तरण गरेको छ । 

बिहीबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा सेनाका मध्यपश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले शौचालयको चाबी विद्यालयका प्रधानाध्यापक ओविलाल महरालाई हस्तान्तरण गरेका हुन् । 

गणका सैनिकले श्रमदान गरी निर्माण गरेको सो आधुनिक शौचालयमा तीन वटा कोठा रहेका छन् । शौचालय निर्माणपछि विद्यालयमा अध्ययनरत अपांग बालबालिका लाभान्वित हुने प्रधानाध्यापक महराले बताए । 

सदरमुकाम नजिक रहेपनि भौतिक पूर्वाधारको समस्या भोग्दै आएको सो विद्यालयले सेनाको सहयोगमा निर्मित शौचालयबाट केही राहत पुग्ने अभिभावकले बताएका छन् । 

शौचालय निर्माणमा सेनाको श्रमदानसहित करीब रु साढे पाँच लाख खर्च भएको खडग दल गणका गणपति अजय गुरुङले जानकारी दिनुभयो । खड्गदल गण रोल्पाले जिल्लावासीको सहकार्यमा थुप्रै विकास निर्माणका काममा सहयोग गरिरहेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै