• २०८१ बैशाख ८ शनिबार

ह्यारीको आत्मकथा 'स्पेयर' को बेलायतमा कीर्तिमानी बिक्री

kharibot

काठमाडौँ । बेलायतका राजकुमार ह्यारीको आत्मकथा 'स्पेयर' बेलायतमा सबैभन्दा छिटो बिक्री हुने गैर-कथानक पुस्तक बनेको छ ।

१० जनवरीमा रिलिजको पहिलो दिनमा ४ लाख प्रति बिक्री भएर यस पुस्तकले नयाँ किर्तिमान बनाएको छ । यसमा मुद्रित पुस्तकहरू साथै ई-पुस्तकहरू र अडियो पुस्तकहरू समावेश छन् ।

यस पुस्तकमा बेलायती शाही परिवारका रहस्य र विवादहरू उल्लेख गरिएको छ। प्रिन्स ह्यारी इङ्गल्याण्डका राजा चार्ल्स तृतीयका कान्छो छोरा हुन् । उनले २०२० मा आफ्नी पत्नी मेगनसँग शाही परिवार छोडेका थिए । अब उनले आफ्नो आत्मकथामा बाल्यकालदेखि राजपरिवार छोडेसम्मका घटनाक्रमको विस्तृत विवरण समावेश गरेर यो पुस्तक सार्बजनिक गरेका छन् ।

बेलायतको शाही परिवारको रहस्य खोल्ने यस पुस्तकका धेरै भाग मिडियामा पहिले नै लिक भइसकेका छन् । त्यसैले यो किताब पढ्न मानिसहरु निकै उत्साहित थिए । मंगलबार, बेलायतका पुस्तक पसलहरू समय अगावै खोलिए र पुस्तकहरू बेच्न थाले । दिनभर पुस्तक पसलमा मानिसको लामो लाइन देखिएको थियो ।
स्पेयर पुस्तकको मूल्य बेलायतमा २८ पाउण्ड तोकिएको छ भने अडियो पुस्तकको २० पाउण्ड तोकिएको छ । 

स्वीडेन, इङ्गल्याण्डको एक पुस्तक पसलले बेला म्याकीको उपन्यास 'हाउ टु किल योर फ्यामिली' को छेउमा प्रिन्स ह्यारीको पुस्तक प्रदर्शन गर्यो । वास्तवमा, राजकुमार ह्यारीले आफ्नो पुस्तकमा शाही परिवारमाथि कडा हमला गरेका छन् । उनले पुस्तकमा आफ्नो बुबा, भाइ र सौतेनी आमाको बारेमा धेरै खुलासा गरेका छन् । त्यसैले पुस्तक पसलले ठट्टा गर्दै आफ्नो परिवारलाई कसरी मार्ने भन्ने छेउमा उनको किताब देखाइदिएको बताएका छन् ।

राजकुमार ह्यारीले आफ्नो आत्मकथाका लागि पेंगुइन र्यान्डम पब्लिशिङ हाउसबाट १७ मिलियन पाउण्ड प्राप्त गरेको बताइएको छ । यो सम्झौताको फाइदा उठाउन पेन्गुइनले पुस्तकका १३ लाख छापिएका प्रतिहरू बेच्नुपर्ने विज्ञहरू विश्वास गर्छन् । यससँगै ४ लाख ई–बुक पनि बेच्नुपर्नेछ ।

रिपोर्टका अनुसार पेंगुइनले राजकुमार ह्यारीसँग ४ वटा पुस्तक सम्झौता गरेको छ । 'स्पेयर' बाहेक उनले आफ्नी पत्नी मेगनसँग मिलेर किताब लेख्नेछन् । बाँकी २ मध्ये एउटा पुस्तक नेतृत्व र एउटा पुस्तक मानव कल्याणसम्बन्धी हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै