• २०८१ बैशाख १५ शनिबार

कुमारी बैंक र माया लाउन्ज एण्ड रेस्ट्रोबीच सम्झौता, यस्तो छ ग्राहकलाई सुविधा 

kharibot

काठमाडौं । कुमारी बैंक लिमिटेड र मायालाउन्ज एण्ड रेस्ट्रोबीचकुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई माया लाउन्ज एण्ड रेस्ट्रोको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत माया लाउन्ज एण्ड रेस्ट्रोका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । 

बैंकका डेबिट/क्रेडिट कार्ड बाहेक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त रेस्ट्रोको माछापोखरी र मध्यवानेश्वोर शाखाबटा खाना र पेय पदार्थ शुल्कमा १०% र विभिन्न भेला वा समारोहमा १५% सम्मको छुट प्राप्तगर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल,  ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथाउत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै