• २०७९ माघ १५ आइतबार

आरआरआरको गीतले पायो ओस्कारमा मनोनयन

kharibot

काठमाडौँ । २०२३ को ओस्कारको मनोनयन सार्बजनिक गरिएको छ ।

यसैबीच बलिवुडको गोल्डेन ग्लोब अवार्ड जितिसकेको फिल्म आरआरआर पनि ओस्कारमा मनोनयनमा परेको छ ।

आरआरआर फिल्मको गीत 'नाटु नाटु' ले ओरिजिनल गीतको विधामा मनोनयनमा परेको छ ।

८०औं गोल्डेन ग्लोब अवार्ड २०२३ मा बेस्ट ओरिजिनल गीतको अवार्ड जितेर इतिहास रचेपछि अब ओस्कारमा मनोनयनमा परेर अर्को इतिहास बनाएको छ ।

‘आरआरआर’ को ‘नाटु–नाटु’ गीतले भारतमा मात्रै होइन विदेशमा पनि निकै चर्चा मच्चाएको थियो । फ्यानहरूले गीतको स्टेप कपी गरेर भिडियो सेयर गर्ने गर्थे, जुन सोसल मिडियामा पनि भाइरल भएको थियो । यस गीतको स्टेपलाई लोकप्रिय बनाउन कोरियोग्राफर प्रेम रक्षितको भूमिका महत्वपूर्ण रहेको छ । उनले यो गीतको कोरियोग्राफी गरेका हुन् । यो जीत ‘नाटु–नाटु’ गोल्डेन ग्लोब अवार्ड जित्ने पहिलो एसियाली गीत हो, जसलाई मिनी ओस्कर भनिन्छ, जसको संगीतकार एमएम कीरावानी हुन् ।

'नाटु नाटु' गीत प्रसिद्ध तेलुगु गीतकार र गायक चन्द्रबोसद्वारा लेखिएको हो र राहुल सिपलीगंज र काल भैरवले गाएका हुन् । गीतको तमिल संस्करण 'नाटु कोथु', मलयालममा 'करिन्थोल', कन्नडमा 'हल्ली नातु' र हिन्दीमा 'नाचो नाचो' को रूपमा रिलीज गरिएको थियो । हिन्दी संस्करणको गीत विशाल मिश्राले गाएका हुन् । 

पढ्नै पर्ने

लोकप्रिय