काठमाडौं । सुनको मूल्य आज एक सय रुपैयाँले घटेको छ ।
मंगलबार तोलाको एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेको हो ।
मंगलबारको मूल्य हालसम्मकै उच्च हो । यसअघि गत वर्षको फागुन २५ गते सुनको मूल्य तोलामा एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख छ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन मंगलबार एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । सुनको मूल्य प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ कायम गरिएको छ ।