• २०८१ बैशाख १४ शुक्रबार

सन्दीप क्रिकेटमा फर्किने बारे क्यानले के भन्यो ?

kharibot

काठमाडौँ । सन्दीप लामिछानेलाई खेलाउने बारे आफुहरु छलफलमै रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका छन् ।

क्यानले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले आइसीसीले सन्दीपलाई खेलाउने विषयमा नेपालको कानुनले अनुमति दिएमा अगाडी बढ्न स्वीकृति दिएको बताए ।

अध्यक्ष चन्दले संबेदनशील विषय भएकोले आफुहरु छलफलमै रहेको बताउदै यस विषयमा छिट्टै निष्कर्षमा पुग्ने बताए । उनले आफुहरुले सन्दीपलाई फेरी टिममा फर्काउने बारे सम्बन्धित निकायहरुको राय समेत लिइरहेको बताए ।

नाबालिक बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप हाल पाटन उच्च अदालतले धरौटीमा रिहा गरेपछि अनौपचारिक रुपमा प्रशिक्षणमा रहेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै