• २०८१ बैशाख १४ शुक्रबार

आसिफ सेखलाई आइसीसीले दियो स्प्रिट अफ क्रिकेटको अवार्ड

kharibot

काठमाडौँ । नेपालका विकेटकिपर ब्याट्सम्यान आसिफ सेखलाई आइसीसीले २०२२ को स्प्रिट अफ क्रिकेट अवार्ड दिएको छ ।

विहिबार आइसीसीले सेखलाई २०२२ को स्प्रिट अफ द क्रिकेट अवार्डबाट सम्मानित गरेको घोषणा गरेको हो ।

योसँगै आसिफ यो अवार्ड पाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

गत फेब्रुअरी १४ मा आयरल्याण्डविरुद्धको खेलमा विकेटकिअप्र रहेका असिफले नेपाली बलर कमल सिंह ऐरीसँग पिचको बिचमा ठोक्किएर लडेका आयरल्याण्डका एन्डी म्याकब्रिनलाई रनआउट गर्न अस्वीकार गरेका थिए । आसिफले खेल भावना देखाउदै पिचमा लडेका एन्डीलाई रनआउट नगरेको विषय त्यति बेला नै चर्चामा रहेको थियो ।

आसिफको यस खेल भावनाको कदर गर्दै २०२२ को स्प्रिट अफ द क्रिकेटको अवार्ड दिएको हो ।

आइसीसीले खेलमा आफ्नो प्रतिद्वन्दी, आफ्नो कप्तान र टीम, एम्पायरको भूमिका र खेलको परम्परागत मुल्यलाई सम्मान गर्ने खेलाडीलाई हरेक बर्ष स्प्रिट अफ क्रिकेट अवार्ड दिने गर्दछ ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै