• २०८१ बैशाख १५ शनिबार

च्याटजिपिटीले पास गर्यो कानुन र बिजिनेसको परीक्षा

kharibot

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्सको पछिल्लो चर्चित स्वरूप मानिएको च्याटजिपिटी (CHATGPT) ले अमेरिकामा दुई विषयमा स्नातक तहको परीक्षा पास गरेको छ । च्याटजीपीटीले कानुन र विजिनेसको स्नातक तहको परीक्षा पास गरेको हो ।

च्याटजीपीटीले अमेरिकाको मिन्नेसोटा युनिभर्सिटीबाट कानुनका चार कोर्सको परीक्षा पास गरेको छ भने पेन्सालभेनिया युनिभर्सिटीको हवार्टन स्कुल अफ बिजिनेसबाट बिजिनेसमा स्नातक तहको परीक्षा पास गरेको विश्वविद्यालयलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।

च्याटजीपीटीले परीक्षाका क्रममा उत्कृष्ट उत्तर दिएको बताइएको छ । परीक्षामा ९५ मल्टिपल च्वाइस प्रश्न, १२ निवन्ध सोधिएकोमा च्याटजीपीटीले सी प्लस ल्याएको थियो । च्याटजीपीटीले औसत तहको नम्बर ल्याएको भए पनि सबै विषय पास गरेको विश्वविद्यालयले जनाएको छ ।

तर च्याटजिपिटीले बिजिनेसको परीक्षमा भने राम्रो गरेको बताइएको छ । हवार्टन स्कुल अफ बिजिनेसमा च्याटजिपिटीले बि ग्रेड ल्याएको थियो ।हवार्टन स्कुलका प्रोफेसर क्रिस्टियन टेरविचले च्याटजिपिटीले परीक्षामा राम्रो उत्तर लेखेको बताउदै बेसिक अप्रेसन म्यानेजमेन्ट र प्रोसेस एनालाइसिसीमा च्याटजिपिटीले राम्रो उत्तर दिएको बताएका छन् । तर उनले च्याटजिपिटीले गणितका सामान्य प्रश्नमा भने गल्ति गरेको बताए ।

अहिले च्याटजिपिटीको चर्चा विश्वभर चलिरहेको बेला यस परीक्षाको नतिजाले  विद्यार्थीहरुमा यसले पार्ने प्रभावको बारेमा चिन्ता व्यक्त गरिएको छ ।

खासगरी शिक्षा क्षेत्रका विज्ञहरुले च्याटजिपिटीले विद्यार्थी र शिक्षा क्षेत्रमा पार्ने सकारात्मक र नकारात्मक प्रभावको अध्ययन गर्न यस्ता परीक्षा गर्नु सहित कदम भएको बताएका छन् ।

तर च्याटजिपिटीले विद्यार्थीको सिकाइ प्रक्रियालाई अवरोध गर्ने भन्दै अमेरिकाका कैयौं शैक्षिक संस्थामा च्याटजिपिटीलाई प्रतिबन्ध लगाइएको छ ।

गत नोभेम्बरदेखि शुरु भएको च्याटजिपिटीले आउदा दिनमा गुगललाई समेत प्रतिष्ठापन गर्न सक्ने अनुमान गरिएको छ ।    
   

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै