• २०८१ बैशाख १४ शुक्रबार

चोरीको चुरोट किन्ने वडाध्यक्ष पक्राउ

kharibot

वीरगञ्ज  । बाराको कलैया उपमहानगरपालिका-३ का वडा अध्यक्ष मोहन साह कानु प्रहरी नियन्त्रणमा परेका छन् । चोरीको चुरोट बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका व्यक्तिले चुरोट वडा अध्यक्षले खरिद गरेको वयान दिएपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै