• २०८१ बैशाख १५ शनिबार

एक रिपोर्ट जसका कारण अदानीले गुमाए २२ बिलियन डलर !

kharibot

काठमाडौँ । भारतका सबैभन्दा धनि व्यक्ति गौतम अदानीले एक रिसर्च रिपोर्टका कारण आफ्नो कुल सम्पतिको करिब १९ प्रतिशत सम्पति गुमाएका छन् ।

अमेरिकी रिचर्स कम्पनि हिन्डेनबर्गले अदानी समुहले घोखाधडी गरेर रिपोर्ट बनाएको खुलासा गरेपछि शेयर बजारमा उनका कम्पनिको मुल्यमा ठुलो गिरावट आएको थियो ।

पछिल्ला दुई दिनमा अदानीले कुल २२.६ बिलियन डलर गुमाएका छन् । फोर्ब्सको बिलिनियर्स सूचीमा अदानीको यस अघि ११९ बिलियन डलर सम्पति रहेकोमा १८.९८ प्रतिशत अर्थात २२.६ बिलियन डलर घटेर ९६.६ बिलियन डलरमा पुगेको छ । साथै यस अघि विश्वका धनीको सूचीमा चौथो स्थानमा रहेका अदानी अहिले सातौ स्थानमा झरेका छन् ।

फरेन्सिक वित्तीय अनुसन्धान फर्म हिन्डनबर्गले बुधबार जारी गरेको प्रतिवेदनमा अदानी समूहका सबै ७ ठूला सूचिकृत कम्पनीमा उच्च ऋण रहेको खुलासा गरिएको छ । साथै सो प्रतिवेदनमा उक्त समूहमाथि सम्पत्ति शुद्धीकरणलगायत गम्भीर आरोप लगाइएको छ ।

समूहका सबै कम्पनीको सेयर पनि ८५ प्रतिशतभन्दा बढीले ओभरभ्यालुङ भएको समेत उल्लेख गरिएको छ । अदानी समूहले शेयरमा हेरफेर गरेको, लेखाजोखामा ठगी भएको उल्लेख गरिएको छ । अदानी समूह केही दशकदेखि बजार हेरफेर, लेखा जालसाजी र मनी लान्ड्रिङमा संलग्न रहेको खुलासा गरिएको छ ।

अदानी समुहले भने हिन्डेनबर्गको रिपोर्ट सहि नभएको बताउदै कानुनी उपचारमा जाने बताएको छ । अदानी समुहकाचिफ फाइनान्सियल अफिसर जुगशिंदर सिंहले यो रिपोर्ट गलत भएको बताउदै आफुहरु कानुनी उपचारमा जाने विषयमा छलफलमा रहेको बताएका छन् ।

हिन्डेनबर्गको यो खुलासापछि भारतीय सेक्युरिटी एक्सचेन्ज बोर्डले पनि यो रिपोर्टको अध्ययन शुरु गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
 

पढ्नै पर्ने

लोकप्रिय