• २०८१ जेठ १ मंगलबार

अनावश्यक हर्न बजाउने ५२ चालक ट्राफिक प्रहरीको कारबाहीमा 

kharibot

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मंगलबार गरिएको विशेष चेकिङको क्रममा अनावश्यक हर्न बजाएर ध्वनी प्रदुषण गर्ने  ५२ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

ट्राफिक प्रहरीले गरेको विशेष चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनी प्रदुषण गर्ने  ५२ जना चालकहरू आज कारबाहीमा परेका हुन् ।

२०७४ वैशाख १ गते देखि नै काठमाण्डौ उपत्यकामा हर्न निषेध गरीएता पनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारबाहीलाई तिव्रता दिदै आएको छ ।

ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले चालकलाई अनुरोध समेत गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै