नापी कार्यालय उदयपुरका प्रमुख घुससहित पक्राउ

खरीबोट
ad

उदयपुर । नापी कार्यालय उदयपुरका प्रमुख बिहीबार ५० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नापी प्रमुख श्यामबाबु प्रसाद साहलाई कार्यालयको क्वाटरबाट घुससहित पक्राउ गरेको हो।

सदरमुकाम गाईघाटका एक सेवाग्राहीलाई नक्सा सुधार र संशोधन गरिदिने भन्दै साहले २ लाख रुपिँया घुस मागेको मध्ये ५० हजार पेश्की र बाँकी काम सम्पन्न पछि लिने दिने सहमतिमा पेश्की रकम बुझ्दैगर्दा पक्राउ गरिएको अख्तियार कार्यालय इटहरीका प्रमुख प्रदिपकुमार कोइरालाले बताए ।

सेवाग्राहीको ३ कठ्ठा जग्गाको नक्सा सुधार र संशोधन गर्ने भन्दै साहले सुरुमा ५ लाख रुपिँया घुस मागेको बुझिएको छ। ठूलो रकम माग भएपछि सेवाग्राही नापी विभागमा पुगेका थिए। विभागले सुधार गरिदिन परिपत्र गरेपछि पनि साहले काममा ढिलासुस्ती र अल्झाउने जस्ता कार्य गर्दै पैसा नलिई नगर्ने संकेत देखाएपछि लिने र दिनेबीच २ लाख रुपिँयामा सहमति भएको सेवाग्राहीले बताएका दछन् ।

पक्राउ परेका साहले आफूले घुस नलिएको बताए । उनले भने, ‘म पुजा गर्दै थिएँ, सेवाग्राही सरासर आएर सिरानीमुनी छाडेर गए।’ तर सेवाग्राहीले भने टेलिफोन गरेर क्वाटरमा बोलाई पैसा हातले नै बुझेर राखेको दावी गरे। पैसा हातले बुझे नबुझेको बारेमा अख्तियारले पानीमा केमिकल मिसाएर टेष्ट गर्दा हातले नै बुझेको फेला पारेको अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचार

अख्तियार प्रमुखमा सिफारिश घिमिरेको संसदीय सुनुवाई बिहीबार हुने

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविनकुमार घिमिरेको संसदीय सुनुवाई बिहीबार हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस घिमिरेको

घुस लिएको आरोपमा नौ प्रहरी अख्तियारको नियन्त्रणमा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ ।  अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास

प्रहरी इञ्चार्ज घुससहित पक्राउ

गौशाला। महोत्तरीको इलाका प्रहरी रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रु पाँच हजार घुससहित पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर

अख्तियारको प्रमुख आयुक्तमा प्रस्तावित घिमिरेविरूद्ध उजुरी गर्न सुचना प्रकाशित 

काठमाडौँ। संसदीय सुनुवाइ समितिले अख्तियारको प्रमुख आयुक्तमा प्रस्तावित नवीनकुमार घिमिरेविरूद्ध उजुरी गर्न सुचना प्रकाशित गरेको छ।  संवैधानिक परिषद्ले गत २० गते कार्यबाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो ।