• २०८१ बैशाख १७ सोमबार

त्रिकोणीय सिरिजमा आज नेपालले पपुवान्यूगिनीविरुद्ध खेल्दै

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग टू अन्तर्गतको युएई र पपुवा न्युगिनीसँगको त्रिकोणीय सिरिजमा आज पहिलो खेल खेल्दै छ ।

नेपालले यस सिरिज अन्तर्गत आज पहिलो खेल पपुवा न्यूगिनीसँग खेल्ने छ । खेल नेपाली समय अनुसार ११:४५ देखि शुरु हुने छ ।

नेपालले आइसीसी विश्वकप लिग टू अन्तर्गत यस सिरिजमा २७ फेब्रुअरी (आज) पपुवा न्युगिनी, मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ ।

त्यसपछि नेपालले टियु क्रिकेट मैदानमा मार्च ९ मा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल हाल आइसीसी विश्वकप लिग टूमा २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । नेपालले शीर्ष पाँचमा रहन सके सोझै एकदिवसीय मान्यता प्राप्त गर्नेछ । 

यदि नेपालले लिग-२ को शीर्ष पाँचमा पर्दै सोझै एकदिवसीय मान्यता प्राप्त गर्न नसके क्वालिफायर प्ले अफमा अन्तिम मौका हुनेछ ।

त्यस्तै पपुवा न्यूगिनीको २८ खेलमा केवल ५ अंक छ र पुछारमा रहेको छ भने युएईको २८ खेलमा २९ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

युएईमा यो सिरिज खेल्ने नेपालको टोली :

रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, मौसम ढकाल (श्याम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै