• २०८१ बैशाख २३ आइतबार

चार दिनदेखि वेपत्ता तनहुँका युवक मृत फेला

kharibot

तनहुँ । आबुखैरेनी गाउँपालिका–३ घर भएका ३६ वर्षीय मदन घिमिरे सम्पर्कविहीन भएको चार दिनपछि मृत अवस्थामा फेला परेका छन् । फागुन १२ गतेदेखि सम्पर्कविहीन घिमिरे मङ्गलबार मस्र्याङ्दी नदीमा मृत फेला परेका हुन् । सशस्त्र प्रहरीको गोताखोरले उनको शव नदीबाट निकालेको छ । 

मृतकको स्कुटर आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दीको किनारमा भेटिएको थियो । घिमिरेको खोजतलासका लागि तालिमप्राप्त ट्रयाकर डग पनि परिचालन गरिएपछि मृतावस्थामा भेटिएको तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । 

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको गोताखोर र नेपाल प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा खोजतलास गरिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै