• २०८१ बैशाख १५ शनिबार

‘गणतन्त्रलाई सक्षम तुल्याउन पौडेल विजयी हुनुपर्छ’

kharibot

मोरङ । गणतन्त्रलाई सक्षम तुल्याउन आठ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी बनाउनुपर्नेमा जोड दिइएको छ । यही फागुन २५ गते हुने निर्वाचनमा आठ राजनीतिक दलका तर्फबाट उम्मेदवार हुनुभएका पूर्वसभामुख पौडेललाई निर्वाचित गराउन आज आयोजित प्रदेशसभा सदस्यको अभिमुखीकरण कार्यक्रमका वक्ताहरूले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्रका लागि पौडेललाई राष्ट्रपतिमा विजयी बनाउनुपर्ने बताए । कोशी प्रदेश राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिको कार्यक्रममा उनले दलको नभई गणतन्त्र मुलुकको राष्ट्रपति हुने भएकाले सङ्घीयता संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विचार राखे । उनले वर्तमान आठ दलीय गठबन्धन जनताबीचमा निर्माण भएकाले मुलुकको संसद्लाई निरन्तररूपमा पाँच वर्षसम्म सञ्चालन गर्ने बताए । 

महामन्त्री शर्माले विगतको १२ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलका नेतृत्व तथा नेता वर्तमान गठबन्धनमा रहेकाले यसले मुलुकलाई समृद्ध तुल्याउन र जनताको जीवनस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने विचार राखे । 

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेले उपयुक्त पात्र भएको विचार राखे । उनले  संविधान र गणतन्त्रको रक्षाका लागि आठ दलीय गणबन्धन दलका राष्ट्रपतिका उम्मेदवार पौडेललाई विजयी गराउनुपर्ने बताए । 

पूर्वसभामुख महराले देशलाई समृद्धतर्फ डो¥याउन आठ दलीय गठबन्धन गठन गरी पौडेललाई उम्मेदवार बनाइएको जानकारीसमेत दिए । उनले विगतको १२ बुँदे शान्ति सम्झौतालाई टुङ्गोमा पु¥याउन र संविधानको रक्षा गर्नुपर्ने दायित्वलाई आत्मसात गर्दै आठ दलीय गठबन्धन निर्माण गरिएको बताए । 

नेकांका सहमहामन्त्री भीष्मराज आङ्दम्वेले वर्तमान गठबन्धन प्राकृतिकरूपमा निर्माण भएको र यो सत्तालोलुपता नभई लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षा गर्ने विचार राखे । 

नेकां प्रदेश संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्वाङ्ग र नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य महेश रेग्मीले समानता, स्थिरता र राष्ट्रलाई विकसित मुलुक बनाउन वर्तमान गठबन्धन निर्माण भएकाले पौडेललाई राष्ट्रपतिमा विजयी बनाउन आफ्नो अमूल्य मतको सदुपयोग गर्न आग्रह गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै