• २०८३ असोज १७ शनिबार

माओवादी र नागरिक उन्मुक्तिले सुदुरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने

माओवादी र नागरिक उन्मुक्तिले सुदुरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने

मुख्यमन्त्री कमलबहादुर शाह

धनगढी। नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा भएको सहमति अनुसार प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

त्यस्तै यस अघि विश्वासको मत दिने विषयमा आनाकानी गरेको माओवादी केन्द्रले पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि विश्वासको मत दिने भएको छ ।

योसँगै सुदुरपश्चिम सरकारले विश्वासको मत पाउने निश्चित भएको छ ।

५३ सदस्यीय सुदुरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १-१ रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै