• २०८१ जेठ ६ आइतबार

दोस्रो विश्वयुद्धको युद्ध अपराधका लागि कोरियालीले क्षतिपुर्ति पाउने

kharibot

दोस्रो विश्वयुद्धको युद्ध अपराध भोगेका कोरियालीको प्रतीकात्मक मुर्ति

काठमाडौँ । दोस्रो विश्वयुद्धमा जापानले गरेको युद्ध अपराधको लागि दक्षिण कोरियाली सरकारले आफ्ना जनतालाई क्षतिपूर्ति दिने भएको छ । दक्षिण कोरियाली विदेशमन्त्री पार्क जिनले यस विषयको घोषणा गरेका हुन् ।

वास्तवमा, जापानले दोस्रो विश्वयुद्धमा दक्षिण कोरियाका धेरै मानिसहरूलाई दास बनाएको थियो । त्यहाँका महिलाहरू सामूहिक बलात्कृत भएका थिए ।

यस विषयमा त्यहाँका जनताले वर्षौंदेखि जापानसँग क्षतिपूर्तिको माग गर्दै आएका छन् । उनीहरु जापानले आफ्नो युद्ध अपराधको लागि आधिकारिक रूपमा माफी मागोस् भन्ने पनि चाहन्छन् । यो विषयलाई लिएर दुई देशबीच लामो समयदेखि विवाद थियो । जसका कारण एसियामा चीनविरुद्धको लडाइमा सँगै रहेर पनि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको थियो ।

यसअघि जापानले मात्रै दोस्रो विश्वयुद्धका क्रममा गरेका अपराधको क्षतिपूर्ति दिने अनुमान गरिएको थियो तर सोमबार दक्षिण कोरियाका विदेशमन्त्रीले यसको सटिक जवाफ दिँदै विभिन्न कम्पनी र गैरसरकारी संस्थाको सहयोगमा चन्दा दिने स्पष्ट पारेका छन् । यो क्षतिपूर्ति पीडित र तिनका परिवारलाई दिइनेछ ।

परराष्ट्रमन्त्रीले अहिले दक्षिण कोरिया र जापानले आफ्ना पुराना मतभेद बिर्सेर नयाँ सुरुवात गर्ने समय भएको बताए । तर, उनले मित्सुबिसीलगायत धेरै जापानी कम्पनीलाई पनि यसमा सहयोग गर्न अपिल गरेका छन् ।

एसियामा चीनको प्रभाव कम गर्न अमेरिकाका लागि यी दुई देशलाई एकसाथ ल्याउनु निकै महत्त्वपूर्ण छ। एपी रिपोर्टका अनुसार यसका लागि पहिले दुई देशबीचको सम्बन्ध सुधार गर्न आवश्यक हुनेछ । अमेरिकाले सोमबार दक्षिण कोरियाको क्षतिपूर्ति योजनाको प्रशंसा गर्दै यसलाई ऐतिहासिक भएको बताएको छ ।

तर, क्षतिपूर्ति योजनाबाट दक्षिण कोरियाका जनता खुसी छैनन् । युद्ध अपराध पीडितका वकिल लिम जे साङले यो योजनाले कोरियाली सरकारले जापानलाई जित दिएको बताएका छन् । जापानले भनेको छ–हाम्रा अपराधको एक पैसा पनि तिर्दैनौं । उनी आफ्नो उद्देश्यमा सफल भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै