परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज चीन जादै 

खरीबोट
ad

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँचदिने भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन् । उनी राति ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

समकक्षी वाङ वीको निमन्त्रणामा चीन जान लागेका मन्त्री ज्ञवालीको यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने विश्वास गरिएको छ ।

उनको भम्रणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका विषयमा समेत छलफल हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले वैशाख ५ गते समकक्षी वाङ वीसँग दुईपक्षीय वार्ता गर्नेछन् । बेइजिङमा रहँदा उनले अन्य चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गर्ने र चिनियाँ थिंक ट्यांकको गोलमेच बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

बेइजिङपछि मन्त्री ज्ञवाली सिचुवान प्रदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनी यही वैशाख ८ गते स्वदेश फर्किने कार्यक्रम छ । 

परराष्ट्रमन्त्री ज्ञवालीको यो भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका रूपमा लिइएको छ । 

चीन भ्रमणमा जानु अघि मन्त्री ज्ञवालीले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरेका छन् ।


 

सम्बन्धित समाचार

नेपाल चीन सम्बन्ध जनस्तरबाट पनि हेर्नुपर्छः परराष्ट्रमन्त्री ज्ञवाली 

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असल मित्र तथा नजीकका छिमेकीे नेपाल र चीनको सम्बन्धलाई औंपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभई जनस्तरको सम्बन्धका आधारमा पनि हेर्नुपर्ने बताए ।  यहाँस्थित चिनियाँ दूतावासले चिनियाँ भाषा,

पाकिस्तानी समकक्षीलाई परराष्ट्रमन्त्री ज्ञवालीको बधाई 

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पाकिस्तानका नवनियुक्त परराष्ट्रमन्त्री मखदुम शाह महम्मदलाई बधाई दिएका छन् । उनले समकक्षी महम्मदलाई सोमबार सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  परराष्ट्रले पठाएको विज्ञप्तिमा सन्

परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न आफ्ना भारतीय समकक्षी श्रीमती सुष्मा स्वराजसँग भारतको विदेश मन्त्रालयमा भेटवार्ता गरेका छन् ।  भेटका अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धबारे छलफल हुनाका साथै यही भदौ १४ र

बाजपेयीको अन्तिम संस्कारमा सहभागी हुन परराष्ट्रमन्त्री भारततर्फ 

काठमाडौँ। भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको अन्तिम संस्कारमा सहभागी हुन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारत गएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवाली शुक्रबार बिहान पौन १०  बजे भारत गएका हुन्। भारतीय जनता