• २०८१ बैशाख १४ शुक्रबार

यसरी मनाइदै छ गणेश चतुर्थी

kharibot

बारा । तीज तथा गणेश चतुर्थीको शुभ अवसरमा बाराको बिभिन्न स्थानमा शुक्रवार देखि भब्यताका साथ गणेश चतुर्थी महोत्सवको आयोजना गरिएको छ । जिल्लाको जीतपुर , परवानीपुर र गण्डकमा भब्यताका साथ श्री गणेश चतुर्थीको अवसरमा गणेश पुजाको आयोजना गरिएको हो ।

बिगतका बर्ष झैं यस बर्ष पनि श्री सिद्धिविनायक पूजा समिति जीतपुर बाराको आयोजनामा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित गौशालाको फिल्डमा भब्य रुपमा शुक्रवार देखि पाँच दिन सम्मका लागि गणेश पुजा सुरु गर्नुका साथै मेलाको पनि आयोजना गरिएको छ ।

पुजाको पहिलो दिन शुक्रवार बिहान भब्य रुपमा शोभा यात्रा निकालिएको छ । पुजा समितिका अध्यक्ष शिवजी साह सोनारको अध्यक्षतामा निकालिएको शोभा यात्रा घोडा र बाजागाजाका साथ जीतपुरको मुख्य सड्क हुँदै पहाडिटोल , पाडाबाजार , टेंढारोड केराढोका लगायतको बिभिन्न स्थानको परिक्रमा गरि पुन : पुजा स्थलमा फर्किएको थियो ।

 

भने शोभा यात्रा बिभिन्न राजनितिक दल लगायत स्थानीय बिभिन्न क्लबका पदाधीकारी सहिँत हाजारौं जना श्रद्धालु भक्तजनहरुको सहभागिता निकालिएको थियो ।सो पुजाका आचार्य पवनेश शास्त्रीका साथमा अन्य आचार्यहरुद्धारा मंत्रको उच्चारण गर्दै पुजा गराई गणेश भगवानको प्रतिमूर्तिको स्थापना गरी पुजाको शुभारम्भ भएको हो ।

बिश्व शान्तिको कामना गर्दै आयोजना गरिएको पुजाको मुख्य आकर्षणको रुपमा गणेश भगवानलाई भोग चढाइँने दुई सय ५१ किलोको लड्डु रहेको छ । भने पुजा महोत्सव अवधि भरका लागि सो क्षेत्रमा खेल तमासा , भजनकिर्तन , बिभिन्न स्टल , मेला सहिँतको ब्यवस्था गरिएको पुजा समितिका अध्यक्ष शिवजी साह सोनारले बताए । 

त्यस्तै जिल्लाको परवानीपुर र गण्डकमा पनि सोमवार विहान शोभा यात्रा निकाली नगरको परिक्रमा गरी पुन : पुजा स्थलमा फर्केर बिभिवत पुजामा परिणत भएको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै