एकीकरणका विषयमा भोलिसम्म महत्वपूर्ण निर्णय लिन्छु – प्रचण्ड 

खरीबोट
ad

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई निष्कर्षमा पुर्याउने जिम्मेवारी पूरा गर्न आफू लागिपरेको बताएका छन् । 

अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको नेपाली विशिष्टतामा ‘समाजवादी शिक्षाको प्रारुप’ विषयक बृहत् शैक्षिक कार्यशालाको उद्घाटन गर्दै उनले “पार्टी एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ, एकता अहिलेको महत्वपूर्ण विषय हो भन्नुभयो ।” 

अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका विषयमा तयार भएका प्रतिवेदनलाई अध्ययन गरेर भोलिसम्म आफूले महत्वपूर्ण निर्णय लिने जानकारी दिए । 

निजीक्षेत्रलाई निषेध होइन, यसप्रति अभिभावकको सम्बन्ध विस्तारै घटाउँदै लैजाने शिक्षामा सरकारको लगानी बढाउनुपर्ने बताउँदै उनले अहिलेको शिक्षा पूँजीवादी र साम्राज्यवादी भएको हुँदा अब सामाजिक जीवन उपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड दिए । 

अध्यक्ष प्रचण्डले संविधानले निर्दिष्ट गरेका समाजवादी शिक्षाको विकल्प नभएको उल्लेख गर्दै समाज परिवर्तन गर्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको बताए । 

‘अहिले सामान्य सिद्धान्तमा आधारित बेरोजगारी उत्पादन गर्ने शिक्षा भएको छ”, उनले भने, “आत्मनिर्भर स्वरोजगार र आम जीवनमा प्रभाव पार्ने खालको शिक्षा लागू गर्नु पर्दछ ।” उनले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत सामान्य शिक्षा लागू गर्नुपर्नेमा जोड दिए । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले शिक्षक पेशा सम्मानित बनाउनेतर्फ राज्य अग्रसर हुनुपर्नेमा जोड दिदैं शिक्षकको भूमिका नेपालको राजनीतिक परिवर्तनमा ठूलो रहेको बताए । 

‘शिक्षक जागरुक भएकाले जनतामा क्रान्तिकारी चेतना फैलाउन सफल भएका हुन्, त्यसैले शिक्षकलाई सम्मानित पेशाका रुपमा हेरिनुपर्दछ,” उनले भने, “अवको शिक्षा गरिब र धनीको खाडल पुर्ने खालको हुनुपर्दछ ।’ 

अध्यक्ष प्रचण्डले सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यमार्फत नेपालको आर्थिक तथा सामाजिक विकास गर्नुपर्ने बताए ।
 

सम्बन्धित समाचार

नेकपा अध्यक्ष प्रचण्ड चीन प्रस्थान

काठमाडौँ चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’आज चीनतर्फ प्रस्थान गरेका छन् । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र

चौध देशका कम्युनिष्ट नेपालमा, प्रचण्डले भने कम्युनिस्ट सरकारबाट रुपान्तरण सम्भव छ

भक्तपुर। भक्तपुरको खरिपाटीस्थित नेपालको पहिलो कम्युनिष्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयमा विश्व कम्युनिष्टको इतिहासदेखि वर्तमान अवस्थासम्मका बारेमा विभिन्न देशका नागरिकले प्रशिक्षण लिएका छन् ।  विद्यालयमा पुष्पलाल व्याच नाम

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताए । नेपालको शान्ति प्रक्रिया मोडलबारे अध्ययन गर्न काठमाडौँ आएको अफगानिस्तानको उच्च शान्ति

आराम गर्न ककनी पुगे प्रचण्ड 

नुवाकोट। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आरामका लागि पर्यटकीयस्थल ककनी पुगेका छन् ।  नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटेलमा