आइपिएलमा दिल्लीको तेस्रो हार, कोलकोतासँग ७१ रनले पराजित 

खरीबोट
ad

काठमाडौँ । आइपिएल अन्तर्गत कोलकोता नाइटराइडर्सले दिल्ली डेयरडेभिल्सलाई पराजित गरेको छ ।

गएराती भएको खेलमा कोलकोताले दिल्लीलाई ७१ रनले पराजित गरेको हो । कोलकोताले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्ली १४.२ ओभरमा १२९ रनमा अल आउट भएपछि कोलकोताले खेल ७१ रनले जितेको हो ।

दिल्लीका लागि ग्लेन म्याक्सवेलले ४७ र रिषव पन्तले ४३ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । दिल्लीको ब्याटिंग अर्डरलाई सुनिल नारन र कुलदीप यादवले ध्वस्त बनाएका थिए । दुवैले तीन-तीन विकेट लिएका थिए । कोलकोताका लागि पियुस चावला, आन्द्रे रसेल, शिभम मावी र टम कुरानले एक-एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै २०० रन बनाएको थियो । कोलकोताका लागि नितिश रानाले सर्वाधिक ५९ रन बनाएका थिए भने आन्द्रे रसेलले १२ बलमा ४१ रनको पारी खेलेका थिए । त्यस्तै रोबिन उठाप्पाले ३५, क्रिस लीयोनले ३१ र कप्तान दिनेश कार्तिकले १९ रन बनाएका थिए ।

दिल्लीका बलर राहुल तेवातियाले ३ विकेट लिए भने क्रिस मोरिस र ट्रेन्ट बोल्टले २-२ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच कोलकोताका नितिश राना बनेका थिए ।

आइपिएल अन्तर्गत आजको खेल मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुदै छ ।
 

सम्बन्धित समाचार

सन्दीपसँग आइपिएल खल्ने पृथ्वी भारतीय टेस्ट टिममा 

काठमाडौँ। भारतका अन्डर १९ कप्तान पृथ्वी शाहले टेस्टमा डेभ्यु गर्ने भएका छन्। इङल्याण्डविरुद्धको चौथो टेष्टका लागि भारतीय क्रिकेट बोर्डले १८ वर्षे ओपनर पृथ्वीलाई टिममा बोलाएको छ । पृथ्वीलाई भारतका ओपनर ब्याट्सम्यान

आइपिएलमा सट्टेबाजी गर्ने नागराज जेल चलान 

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) मा सट्टेबाजी  खेलाउने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने नागराज, अमृत भनिने नथमल अग्रवाल जेल चलान भएका छन् । महोत्तरी घर भएका राकेश सिंहलगायतका व्यक्तिसँग उनले आईपीएलमा

आइपिएलका विस्फोटक ब्याट्सम्यान रिसभ पन्त भारतीय टेस्ट टिममा, रोहित शर्मा परेनन्

नयाँदिल्ली । भारतका विस्फोटक ब्याट्सम्यान रोहित शर्मा इङल्याण्डविरुद्धको पहिलो तीन टेस्टमा टिममा पर्न असफल भएका छन् ।  आगामी अगस्त एकबात सुरु हुने टेस्ट खेलका लागि घोषणा गरिएको १८ सदस्यीय टिममा

अरबाज खानले आइपिएलमा सट्टा लगाएको स्वीकारे, सट्टामा २.७५ करोड हारेको खुलासा 

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानका भाई अरबाज खानले प्रहरीसमक्ष आफुले आइपिएलमा सट्टा लगाउने गरेको बयान दिएका छन् । प्रहरीले आइपिएलमा भारत र भारत बाहिर सट्टा लगाउने ठुलो गिरोहलाई पक्राउ गरेपछि