सलमानले ‘भारत’ मा प्रियंका र कट्रिनासँग रोमान्स गर्ने 

खरीबोट
ad

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानले कालो हरिण मारेको प्रकरणमा जमानत भएपछि नयाँ फिल्मको सुटिंग सुरु गरेका छन् । 

रेस-३ को सुटिंग अझै बाँकि नै रहेको बेला सलमानको नयाँ फिल्म भारतको सुटिंग सुरु भएको छ । 

एक्सनले भरपुर हुने भनिएको यस फिल्ममा सलमानलाई उनको चर्चित फिल्म ‘मैने प्यार किया’ को लुकमा देखाउन थालिएको छ । फिल्मलाई अतुल अग्निहोत्रीले निर्माण गर्दै छन् भने फिल्मको निर्देशन अलि अब्बास जाफरले गर्दै छन् ।

फिल्ममा सलमानको अपोजित दुई हिरोइनको नाम चर्चामा आएको छ । प्रियंका चोपडा र कट्रिना कैफ दुवैले फिल्ममा सलमानसँग रोमान्स गर्ने बताइए पनि आधिकारिक हिसाबले जानकारी भने दिइएको छैन । तर निर्माण पक्षलाई उदृत गर्दै फिल्ममा दुवै हिरोइनले काम गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्मका निर्देशक जाफरले सामाजिक संजाल मार्फत फिल्मको प्रि-प्रोडक्सन सुरु बह्येको र फिल्म बारे छिट्टै जानकारी दिने बताएका छन् ।

प्रियंका र सलमानले यस अघि गड तुसी ग्रेट हो र मुझसे शादी करोगीमा काम गरेका थिए । 

त्यस्तै कट्रिनासँग भने सलमानको केमेस्ट्री निकै राम्रो रहेको छ । हालै प्रदर्शनमा आएको टाइगर जिन्दा है ले पनि बक्स अफिसमा निकै राम्रो व्यापार गरेको थियो । सलमान  र कट्रिनाले यस अघि एक था टाइगर, मैने प्यार क्यू किया, पार्टनर, युवराज जस्ता फिल्ममा सँगै काम गरेका छन् ।   

फिल्म २०१९ को इदमा रिलिज गरिने बताइएको छ ।
 

सम्बन्धित समाचार

सलमान खानले रियालिटी शो 'बिग बोस' बाट लिए रेकर्ड पारिश्रमिक  

बलिवुड अभिनेता सलमान खानले रियालिटी शो बिग बोसबाट रेकर्ड पारिश्रमिक लिएको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। यसै सेप्टेम्बर १६ देखि सुरुहुने चर्चित रियालिटी टिभी शो बिगबोसबाट सलमान खानले प्रति एपिसोड

सलमान खानसँगको बिग्रेको सम्बन्ध सुधार्ने प्रियंकाको प्रयास  

मुम्बई।  अभिनेत्री प्रियंका चोपडाले सलमान खानसँगको बिग्रेको आफ्नो सम्बन्ध सुधारको प्रयास छन्। भारत फिल्म छोडेर सलमानसँगको सम्बन्ध बिगारेकी प्रियंकाले अब सो सम्बन्ध सुधार्न खोजेको देखिएको छ।   सलमानका ज्वाई आयुष शर्माको

सलमान खानको फिल्म सुल्तान चीनमा ११ हजार स्क्रिनमा रिलिज हुदै 

मुम्बई।  बलिवुड सुपरस्टार सलमान खानको फिल्म सुल्तान आगामी अगस्ट ३१ बाट चीनमा रिलिज हुने भएको छ । हालै सुल्तानको चाइनिज भाषामा पोष्टरपनि रिलिज गरिएको छ।  यश राज फिल्मसको ब्यानरमा बनेको यो

सलमान खानपछि प्रियंकाबाट भंसालीलाई पनि धोका 

मुम्बई।  अभिनेत्री प्रियंका चोपडाले सलमान खानको फिल्म छोडेपछि चर्चित बलिवुड निर्देशक संजय लिला भन्सालीको फिल्म पनि छोडेकी छन्।   भारतीय मिडियाका अनुसार भन्सालीले महिला ग्याङ्गस्टर गंगुबाई कोठेवालमा आधारित फिल्म बनाउने तयारीमा