फौजदारी अभियोगमा सांसदको पद स्वतः निलम्बन हुने व्यवस्था गरिँदै

खरीबोट
ad

काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा सांसदलाई मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्ने गृहकार्य गरिरहेको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा समितिका संयोजक कृष्णभक्त पोखरेलले विगतमा मुद्दा लागिसकेर कारागारमै रहे पनि सांसद पद रहिरहने नभई अन्तिम फैसला नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था गर्न लागिएको बताए ।

फैसलाले सांसद निर्दोष ठहरिए निलम्बन फुकुवा हुने र दोषी ठहरिए पदमुक्त हुने व्यवस्था गर्न लागिएको बताउँदै उहाँले सांसद पदमुक्त भएका खण्डमा उक्त निर्वाचन क्षेत्रमा पुनःनिर्वाचन गराएर पदपूर्ति गर्ने व्यवस्था राख्न लागिएको जानकारी दिए ।

संयोजक पोखरेलका अनुसार अब बन्ने नियमावलीले महिनाको दुई पटक प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर सांसदले सोधेका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गर्नेछ । सांसदले विशेष र शून्य समयमा उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने व्यवस्था पनि नियमावलीमा राख्न लागिएको छ ।

विगतमा धेरै समिति बनाइए पनि प्रभावकारी रुपमा काम गर्न नसकेका कारण अब घटाएर १० मात्रै समिति बनाउने विषयमा प्रतिपक्ष दलसहितसँग सहमति भएको संयोजक पोखरेलले बताए ।

तेह्र सदस्यीय समितिका अन्य सदस्यमा जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, डा मीनेन्द्र रिजाल, रवीन्द्रप्रसाद अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डा विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव रहेका छन् ।  

सम्बन्धित समाचार

संसद्मा विषयगत समितिको सभापति चयनका लागि निर्वाचन हुँदै

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि शुरु हुँदै छ । यसअघि दुईपटक निर्वाचन

अख्तियार प्रमुखमा सिफारिश घिमिरेको संसदीय सुनुवाई बिहीबार हुने

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविनकुमार घिमिरेको संसदीय सुनुवाई बिहीबार हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस घिमिरेको

संसदीय समितिको सभापतिमा महिलाको बाहुल्य हुने, को को बन्दैछन् सभापति ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा तर्फका संसदीय समितिको नेतृत्व टुङ्गो लगाएको छ। अधिकाशं समितिको नेतृत्व महिलालाई दिने तयारी नेकपाको छ। राज्य व्यवस्था समितिको सभापति शशी श्रेष्ठ बन्ने भएकी छिन्।

अनुगमन तथा मूल्याङ्कनका लागि संसदीय समिति गठन

काठमाडौँ /राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कनका लागि संसदीय समिति गठन गरिएको छ ।  नेपालको संविधानको धारा ५४ एवं सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य