काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आयुर्वेद चिकित्सालय नरदेवी, काठमाडौंका निमित्त निर्देशक, डाक्टर रामदेव यादवलाई घुस लिएको रकमसहित पक्राउ गरेको छ ।
आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीबाट लिएको ३७ हजार घुससहित डाक्टर यादवलाइ पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
यादवले विद्यार्थीसँग तालिम प्रयोजनको लागि घुस मागेको उजुरी परेपछि अख्तियारले उनलाई आयुर्वेद चिकित्सालय नरदेवीको सरकारी निवासबाट घुस सहित पक्राउ गरेको हो ।
अख्तियारले अहिले यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।