तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.५ पातुखोलामा रहेको ज्ञानज्योति आधारभूत विद्यालय । जुन २०५८ सालमा चन्दा संकलन गरेर निर्माण गरिएको थियो ।
त्यही विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालय तर्फ नमूना विद्यालयका रुपमा स्थापित छ । अहिले त्यहाँ विद्यालयका ठूला–ठूला भवन मात्रै छैनन्, पढाई पनि उत्तिकै राम्रो छ । त्यसैले पनि त्यो विद्यालय अहिले उपमहानगरपालिकाले नै आधारभूत तर्फ उत्कृष्ट विद्यालयका रुपमा लिएको छ ।
कक्षा नर्सरी, एलकेजीदेखि ८ सम्म पढाई हुने उक्त विद्यालयमा प्रबिधिमैत्री पढाई पनि छ । नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाको माध्यामबाट पठनपाठन भइरहेको छ । जहाँ अहिले ४५० बढि विद्यार्थी छन् । त्यहाँ सबै गरीब, दलित तथा पिछडिएका समुदायका बालबालिकाहरु पढ्छन् ।