• २०८१ जेठ ६ आइतबार

डोटी बहुमुखी क्याम्पसको निर्वाचन रोकियो

kharibot

डोटी । डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव निकट विद्यार्थीले मतपेटिका फुटाएपछि मतदान स्थगित भएको हो ।

मत पेटिकालगायत अन्य सामग्री तोडफोड भएकाले मतदान गर्न गराउन सम्भव नभएको निर्वाचन अधिकृत हर्कबहादुर कँडेलले बताए ।

मतदाताको परिचयपत्रसमबन्धी सामान्य विवाद भइरहेकै समयमा केही व्यक्तिभित्र प्रवेश गरी मतपेटिका तोडफोडको कँडेलले जानकारी दिए ।

करिब ७५ प्रतिसत मतदान सम्पन्न भइसकेको अवस्थामा विवाद भएको निर्वाचन समितिले जनाएको छ । डोटी बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या ८०९ रहेको छ । 

यसैविच नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ । विवाद हुँदा क्याम्पसको मतदान रोकिएपछि प्रशासन घेराउ गरेका हुन् । 

स्विवियु निर्वाचन अन्तर्गत भइरहेको मतदानमा फर्जीमत खसालेको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थीसंगठनले मतपेटिका तोडफोड गरका थिए ।

अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका बिद्यार्थीसंगठनले मतपेटिका तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत हर्क बहादुर कलेलले जानकारी दिए ।

नेपाल विद्यार्थी संघले तत्काल मतदान प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरिरहेको छ ।


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै