• २०८१ बैशाख १४ शुक्रबार

प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ- मुख्यमन्त्री गिरी

kharibot

देउखुरी । नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणको अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन् । 

नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत दाङको घोराहीमा आज समीक्षा बैठकमा सीमित स्रोतसाधनका बीचमा पनि प्रदेश सरकारले समृद्धिको अभियानलाई अगाडि बढाएको बताए ।

मुख्यमन्त्री गिरीले सबैको सहयोग र समन्वयबाट समृद्ध प्रदेश बन्न सक्ने बताए  । अप्ठ्यारोका बीचमा पनि जनताको गुनासो सुनेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

“पार्टीलाई सही ढङ्गले चलाउनका लागि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने । गाउँगाउँका मतदाताको मनोभाव बुझेर काम गर्नुपर्नेमा उनले जोड दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै