काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको ५०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यता तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ७०० रुपैयाँ घटेको सुनको मूल्य आज फेरि प्रतितोला पाँच सय रुपैयाँ बढेको छ ।
साथै आइतबार सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गर्न सफल भएको थियो ।
सो दिन सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ९०० रुपैयाँ बढेर प्रतितोला मूल्य १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।