• २०८१ बैशाख १४ शुक्रबार

नौ दिन लामो बिस्केट जात्रा सम्पन्न

kharibot

भक्तपुर ।  भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा गए रातिदेखि सम्पन्न भएको छ । 

गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा आज साँझ गःहिटीबाट रथ तानेर सम्पन्न गरिन्छ । 

विसंअनुसार सौरमासका आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ । 

जात्राको आज अन्तिम दिन साँझ गःहिटीबाट रथ तान्न शुरु गरिएको थियो । स्थानीयले गःहिटीबाट तल र माथिका बासिन्दाले माथितर्फ गरी आआफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । स्थानीयले रथ तानेर वंशगोपाल पु¥याएपछि राति ९ बजे रथलाई तानेर पुनःनासमनातर्फ ल्याउँदै गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए । 

राति ९ बजेसम्म जात्रा शान्तिपूर्णरुपमा मनाइरहेको र रथ तान्नेक्रम जारी रहेको उनले जानकारी दिए । जात्रामा हिंसा हुन नदिन एक हजार ३०० प्रहरी परिचालन गरिएको छ । 

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेको छ । 

रथलाई तानिसकेपछि आजै रातिसम्म रथलाई पाँचतले मन्दिर अगाडि तौमढीमा लगेर राखी रथबाट भैरव देवतालाई झिकेर मन्दिरमा लगेर विराजमान गराएपछि जात्रा सम्पन्न गरिन्छ । बिस्केट जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै