• २०८१ बैशाख ७ शुक्रबार

च्याट जिपिटीलाई चुनौती दिदै गुगलले ल्यायो बार्ड !

kharibot

काठमाडौँ । आर्टीफिसियल इन्टेलिजेन्स (एआइ) को दुनियाँमा अहिले च्याट जिपिटीले हलचल मच्याएको छ । च्याटजिपिटीलाई पनि पछि पार्दै अहिले जिपिटी-४ ले चर्चा बटुलीरहेको छ । यसैबीच अहिले ठुला टेक कम्पनिहरुले पनि एआइमा लगानी बढाउदै च्याट जिपिटीलाई टक्कर दिन थालेका छन् ।

हालै ठुलो टेक कम्पनि गुगलले आफ्नो ओपन एआईको अन्तरक्रियात्मक च्याटबोट बार्डलाई सार्वजनिक गरेको छ । यद्यपि, अहिले अमेरिका र बेलायतका सिमित प्रयोगकर्ताहरूलाई मात्र प्रयोगमा ल्याइएको छ । परीक्षण पछि, यो क्रमशः सबै प्रयोगकर्ताहरूमा रोल आउट हुने गुगलले बताएको छ । 

गुगलका सीईओ सुन्दर पिचाईले आफ्ना कर्मचारीहरूलाई सम्बोधन गर्दै भनेका छन्- 'गुगलका ८० हजार कर्मचारीसँग बार्डको परीक्षण गरिसकेपछि पहिलो चरणका रूपमा अमेरिका र बेलायतमा जनतासँग परीक्षण गरिने छ । चीजहरू गलत हुन सक्छन्, तर उत्पादन र प्रविधि सुधार गर्न प्रयोगकर्ताको प्रतिक्रिया आवश्यक छ ।'

एआईको संसारमा माइक्रोसफ्टको ठूलो लगानी भएको कम्पनी ओपनआईको च्याटजिपिटी अहिले सबैभन्दा अगाडि छ । च्याटजिपिटी गत वर्ष नोभेम्बर ३० मा लन्च गरिएको थियो र एक महिनामा यसले १०० मिलियन प्रयोगकर्ताहरू पार गरेको थियो । च्याटजिपिटीले जानकारी सङ्कलन गरेर नयाँ डाटा उत्पन्न गर्न जेनेरेटिभ एआई प्रविधि प्रयोग गर्दछ । र गुगलको च्याटबोट बार्ड लाम्डाको ठूलो भाषा मोडेलमा आधारित छ ।

अहिले च्याटजिपिटीले सटिक उत्तर नदिएको र विद्यार्थीहरुलाई नकारात्मक असर परेको भन्दै आलोचना भइरहेको बेला जिपिटी-४ संचालन भएपछि भने यसले नयाँ तरंग सिर्जना गरेको छ । जिपिटी-४ ले सटिकमा उत्तर दिएको र अहिलेसम्म गल्ति नगरेको बताइएको छ ।

मार्च १४ मा, ओपन एआई कम्पनीले जिपिटी-४, यसको च्याटजिपिटी उत्पादनको नयाँ अद्यावधिक संस्करण सुरू गरेको छ । यो पहिले भन्दा धेरै रचनात्मक, भरपर्दो र सही जानकारी दिने कम्पनीको दाबि छ । जिपिटी-४ को क्षमताले आउदा दिनमा विश्वलाई बदल्ने बहस शुरु भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै