काठमाडौँ । अफगानिस्तानले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी शुरूवात गरेको छ ।
शारजाहमा गएराती सम्पन्न पहिलो खेलमा अफगानिस्तानले पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो ।
पाकिस्तानले दिएको ९३ रनको लक्ष्य पछाएको अफगानिस्तानले १७.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
अफगानिस्तानको जितमा मोहमद नविले अविजित ३८ रन बनाए भने नाजिबुल्लाह जर्दानले १७, राह्मनुल्लाह गुर्बाजले १६ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउदै ९२ रन मात्र बनाएको थियो ।
पाकिस्तानका लागि इमाद वाशिमले सर्बाधिक १८ रन बनाएका थिए भने सैम आयुबले १७, तैयब ताहिरले १६ रन बनाएका थिए ।
त्यस्तै अफगानिस्तानका मोहमद नवि, मुजीब उर रहमान र फाहालहक फारुकीले २-२ विकेट लिएका थिए ।
यो पाकिस्तानविरुद्ध टी-२० खेलमा अफगानिस्तानको पहिलो जित हो । यद्यपी यस सिरिजमा पाकिस्तानको टिममा प्रमुख खेलाडी खेलेका छैनन् । यस खेलमा पाकिस्तानको कप्तानी शडाब खानले गरेका छन् ।
अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।