• २०८१ बैशाख २३ आइतबार

प्रधानमन्त्री थ्री नेसन्स कप: आज नेपालको सामना भुटानसँग

kharibot

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको तेस्रो खेल आज हुदै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपाल र भुटान खेल्दै छन् । खेलसाँझ ६ बजेदेखि शुरु हुने छ ।

यस अघि सम्पन्न पहिलो खेलमा नेपालले लाओसलाई र दोस्रो खेलमा लाओसले भुटानलाई पराजित गरेका थिए ।

अब यस खेलको नतिजापछि फाइनलमा पुग्ने दुई टिमको टुंगो लाग्ने छ । नेपालल भुटानसँग कम्तिमा बराबरी खेलेमा पनि फाइनलमा पुग्ने छ भने भुटानका लागि फाइनलमा पुग्न फराकिलो जित अनिवार्य रहेको छ ।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त खेलमा उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन् ।

यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन्, भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।  त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई पाँच सय अमेरिकी डलर प्रदान गरिने छ । उक्त प्रतियोगितको पुरस्कार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदान गर्ने आयोजक एन्फाले जनाएको छ । 

त्यस्तै उक्त प्रतियोगिताको खेल र्हेर्नका लागि एन्फाले साधारण प्याराफिटतर्फ पाँच सय र भिआईपीतर्फ रु एक हजार मूल्य तोकिएको छ ।

यस प्रतियोगिताको लागि एक करोड ७५ लाख ६६ हजार चार सय ८० खर्च लाग्ने एन्फाले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै