बारा । चर्च ब्वाइज यूनाईटेड १३ औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा पुगेको छ ।
विहिवार राति सिमरा रङ्गशालामा सम्पन्न सेमिफाइनल खेलमा साविक विजेता न्युरोड टिम एनआरटीलाई २–० ले पराजित गर्दै चर्च ब्वाईज पहिलो सहभागिता मैं फाइनलमा पुगेको हो ।
चर्च ब्वाइजको जितमा अफ्रिकी मिड-फिल्डर ओउसो बेम्पा र रञ्जित पाण्डेले एक–एक गोल गरेका थिए ।
यो जितसँगै चर्च ब्वाइजले शनिवार हुने फाइनल खेलमा हिमालयन शेर्पाको सामना गर्ने छ ।
हिमालयन शेर्पाले मकवानपुर ११ हेटौंडालाई फाइनल प्रवेश गरेको थियो ।