काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत लखनउ सुपर जाइन्टसले दिल्ली क्यापिटल्सलाई १९४ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउदै १९३ रन बनाएको हो ।
लखनउका लागि काइल मायेर्सले सर्बाधिक ३८ बलमा ७३ रन बनाएका थिए । त्यस्तै निकोलस पुरनले ३६, आयुस बदानीले १८, दीपक हुडडाले १७, क्रुनाल पाण्डेयले अविजित १५, मार्कस स्टोइनिसले १२ रन बनाएका थिए ।
त्यसैगरी दिल्लीक बलर खलील अहमद र चेतन साकरियाले २-२ विकेट लिएका थिए भने अक्सर पटेल र कुलदीप यादवले एक एक रन बनाएका थिए ।