नवलपुर । पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको गैंडाकोटमा स्थानीयले सडक अवरुद्ध गर्दा राजमार्गमा चल्ने सवारीसाधनको लाम लागेको छ ।
नारायणी नदीमा नारायणगढ तर्फबाट एकतर्फी रुपमा बनाउन लागिएको तटबन्ध निर्माणको काम रोक्न माग गर्दै नवलपुरका स्थानीयले गैँडाकोटमा सडक अवरुद्ध गरेका हुन् ।
चितवनतर्फ मात्रै बाँध बाध्ने काम सुरु भएकाले त्यसको असर गैँडाकोटसहित नवलपुरका अधिकांश क्षेत्रमा पर्ने भन्दै गैँडाकोटवासी आन्दोलित बनेका छन् ।