काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदतर्फको मतगणना जारी रहेको छ । वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ मैदानमा छन् ।
पछिल्लो अपडेट अनुसार ८०० मत गणना भएको छ ।
जसमा रामचन्द्र संघई ३१७ मतसहित अगाडी छन् भने अन्जन श्रेष्ठ २५५ र उमेशलाल श्रेष्ठ २१९ मतसहित पछाडी रहेका छन् ।
वरिष्ठ उपाध्यक्षतर्फ कुल एक हजार ७०० मत खसेको छ ।
जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फका उपाध्यक्षहरूको भने नतिजा सार्वजनिक भइसकेको छ ।
जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलका सुरकृष्ण वैद्य विजयी भएका छन् भने वस्तुगततर्फ हेमराज ढकाल र एसोसियटको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् ।