प्रतिकूल मौसमका कारण रसुवामा २० उडान रद्द

खरीबोट
ad

 

रसुवा, ऋषितर्पणी वा रक्षाबन्धनमा गोसाइँकुण्डमा जाने तीर्थयात्री बोक्ने हेलिकप्टरहरु प्रतिकूल मौसमका कारण शुक्रबार त्यहाँ उडान भर्न सकेनन् ।

एअर डाइनेस्टी, हेलि अल्टिच्युड, हेलि एभरेष्ट, श्रीएअरलाइन्ससमेत कम्पनीका करिब २० उडान रद्द भएको डाइनेस्टीका उडान प्रबन्धक बालकृष्ण पण्डितले बताए । प्रतिउडान पाँच जनाको दरले उडान भर्ने कार्यतालिका रहे पनि विमानस्थलमा पुगेका यात्रुहरु प्रतिकूल मौसमले गर्दा यात्रा रद्द गरी घर फर्कनुपरेको थियो ।

कतिपय यात्रुले फ्लाइट बुकिङ यथावत् राखी अनुकूल मौसम मिलेपछि यही साउन २३ श्रावणशुक्ल पूर्णिमाभित्र गोसाइँथान जान प्रतीक्षा गरिरहेका छन् । गोसाइँकुण्डमा गङ्गादशहरा र जनैपूर्णिमाबाहेक अन्य समयमा पनि यात्रुहरु हेलिकप्टर बुकिङ गरी आउने गरेका छन् ।

सम्बन्धित समाचार

रसुवागढी जलविद्युत्को सुरुङमा पहिरोका कारण दुईको मृत्यु, नौ घाइते

रसुवा । निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार

अवरुद्ध चीन जाने रसुवा राजमार्ग खुला

रसुवा। यही भदौ २५ गतेदेखि अवरुद्ध धुञ्चे–स्याफ्रुबीच खोपाङ भिरको राजमार्ग सञ्चालनमा आएको छ ।  डिभिजन सडक कार्यालयका इञ्जिनियर सरोज कडरियाका अनुसार भारी वर्षाका कारण पहिरो गई करीब १०० मिटर राजमार्ग सतहमा

सभामुख महराद्वारा झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास

काठमाडौँ। चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महराले आज झांगमु–तातोपानी (सिन्धुपाल्चोक) र केरुङ–रसुवागढी (रसुवा) नाकामा अवस्थित पुलको पुनःनिर्माण र ल्हासास्थित महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका छन् ।  ल्हासामा आयोजना गरिएको विशेष समारोहकाबीच

रसुवाको राजमार्ग खुला

रसुवा । वर्षाका कारण अवरुद्ध नेपाल–चीनबीच रसुवाखण्डको राजमार्ग आज अपराह्नबाट पूर्णरुपले सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार रसुवागढी नजीकैको पहरो फुटाली नयाँ ट्रयाक खोलिएपश्चात् मालबाहक सवारीसाधन


z