काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्प कँडेललाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले प्रा.डा. कँडेललाई उपाध्यक्षमा नियुक्ति गरेको सूचना तथा संचार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिएका छन् ।
उनका अनुसार आयोगको सदस्यमा डा. कृष्णरसद ओली, प्राध्यापक उषा झा, मीनबहादुर शाही, गिरिबहादुर गुरुङ, रामकुमार फुँयाल र इन्जिनियर सुशील भट्टलाई नियुक्ति गरेको छ ।