• २०८१ जेठ २ बुधबार

विश्वको सबैभन्दा धनी अर्नाल्ट अवकाशको तयारीमा

kharibot

काठमाडौँ । लक्जरी समूह एलभीएमएचका प्रमुख र विश्वको सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्ट अवकाशको तयारीमा छन् । यसअघि उनी आफ्ना छोराछोरीलाई समूहको जिम्मेवारी सम्हाल्न तयार गरिरहेका छन् । यद्यपि उनले कहिले पद छाड्ने भन्नेबारेमा केही जानकारी छैन ।

वाल स्ट्रीट जर्नलका अनुसार, जब बच्चाहरू सानै थिए, अर्नाल्टले उनीहरूको गणितको परीक्षा लिन्थे । व्यापार भ्रमणमा सँगै लैजान्थे । अहिले उनका ५ सन्तानले आफ्ना विभिन्न कम्पनिमा ठूलो जिम्मेवारी सम्हालिरहेका छन् । डेल्फिन क्रिस्चियन डायरको सीईओ हुन् । एन्टोनी उक्त कम्पनीका सीईओ हुन् । अलेक्जान्ड्रे टिफनी एन्ड कम्पनीका उपाध्यक्ष हुन् । फ्रेडरिक टग जीन लुइस भिटनको घडी डिभिजनको र मार्केटिङ-विकास निर्देशकका प्रमुख हुन् ।

अर्नाल्टले बच्चाहरूलाई महिनामा एक पटक खाजाको लागि भेट्छन्

७४ बर्षिय बर्नार्डले एलभीएमएचको पेरिस मुख्यालयमा ९० मिनेटको खाजाको लागि महिनामा एक पटक पाँच बच्चाहरूलाई भेट्छन् । तिनीहरूले बच्चाहरूलाई समूहमा के परिवर्तन गर्न आवश्यक छ भनेर सल्लाहको लागि सोध्छन् ।

बर्नार्ड अर्नाल्टलाई आधुनिक लक्जरी फेसन उद्योगको गॉडफादर मानिन्छ । उनी विश्वको सबैभन्दा ठूलो फेसन समूह लुइस विटन मोएट हेनेसी (एलभीएमएच ) को संस्थापक, अध्यक्ष र सबैभन्दा ठूलो शेयरधारक हुन् । बर्नार्ड अर्नाल्टको समूह लुइस भिटन बजार क्यापको हिसाबले आफ्नो निकटतम प्रतिद्वन्द्वी केरिङभन्दा झण्डै चार गुणा ठूलो छ ।

एलभीएमएचसँग ६० सहायक कम्पनीहरूबाट ७५ लक्जरी ब्रान्डहरू छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अर्नाल्ट २०८ बिलियन डलरको कुल सम्पत्तिको साथ अहिले विश्वको सबैभन्दा धनी व्यक्ति हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै