• २०८१ जेठ ७ सोमबार

सांसद कोइरीले संसद सचिवालयलाई पत्र लेखेर भने- म अस्वस्थ छु

kharibot

काठमाडौं  । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद सचिवालयलाई पत्र लेखेका छन् ।

लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ ।

महतो १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन् । यहीबीच उनले आफू अस्वस्थ रहेको भन्दै संसदलाई पत्र पठाएका छन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले कोइरीले बिरामी भएर संसद बैठकमा अनुपस्थित रहेको जानकारी संसद सचिवालयलाई गराएका छन् ।

उनका अनुसार यसबीचमा कोइरीले दुई पटक पत्र पठाइएका छन् । माघ २५ गतेदेखि असस्थ भइ उपस्थित हुन नसकेको र सुधार भएपछि उपस्थित हुन्छु भनेर उनले पत्र पठाएको संसद सचिवालयले जनाएको छ ।

महोत्तरी १ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको घटनाका अभियुक्त हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै