• २०८१ जेठ ७ सोमबार

कांग्रेसमा फर्किए बर्दिबासका मेयर

kharibot

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्री पुनः नेपाली कांग्रेसमा फर्किएका छन् ।

शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आयोजित एक कार्यक्रममा उनी कांग्रेसमा फर्किएका हुन् । मेयर क्षेत्रीलाई पार्टी सभापति देउवाले टीका माला लगाउँदै कांग्रेसमा स्वागत गरेका हुन् ।

गएको स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट नदिएको झोकमा स्वतन्त्र उम्मेद्वारी दिएको क्षेत्री समूहले नगर प्रमुख,उपप्रमुखसँगै चारवटा वडासमेत जित्न सफल भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै