• २०८१ बैशाख १५ शनिबार

देशभरका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाइसके- शिक्षा मन्त्रालय

kharibot

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष देशभरका विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जानकारी दिएको छ ।

आइतबार मन्त्रालयले पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जानकारी दिएको हो ।

वैशाख दास्रो सातासम्म आइपुग्दा देशभरका सबै विद्यार्थीले पाठ्यपुस्तक प्राप्त गरिसकेको मन्त्रालयका सह-सचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन् ।

यस वर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट कक्षा ६-१० का लागि एक करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रण संस्थाहरुबाट कक्षा १-५ का लागि एक करोड १८ लाख थान पाठ्यपुस्तक छपाइ गरी ७७ वटै जिल्लाका सूचीकृत एक हजार २६७ स्थानीय विक्रेतामार्फत बिक्री-वितरण भइरहेको उनले बताए ।

पाठ्यपुस्तक नपुगेको ठाउँमा सम्पर्क भएको मितिले दुई दिनभित्र सबैभन्दा नजिकको विक्रेता तथा पुस्तक पसलमार्फत पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था मिलाइएको उनको दाबी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै