काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले मुम्बई इण्डियन्सलाई २१५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ३ विकेट गुमाउदै २१४ रन बनाएको हो ।
पञ्जावका लागि लियाम लिभिङस्टोनले सर्बाधिक ८२ रन बनाए भने जितेश शर्माले ४९ रन बनाए । त्यस्तै कप्तान शिखर धवनले ३० रन बनाए भने माथ्यु शर्टले २७ रन बनाए ।
त्यसैगरी मुम्बईका बलर पियुष चावलाले २ विकेट लिए भने अर्शद खानले एक विकेट लिए ।
जारी आइपिएलमा पञ्जावले ९ खेलमा ५ जितसहित १० अंक हासिल गरेको छ भने मुम्बईले ८ खेलमा ४ जितसहित ८ अंक हासिल गरेको छ ।