• २०८१ बैशाख १४ शुक्रबार

पञ्जावमाथि मुम्बईको शानदार जित

kharibot

काठमाडौँ ।  इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले पञ्जाव किंग्सले ६ विकेटले पराजित गरेको छ ।

गएराती पञ्जावले दिएको २१५ रनको लक्ष्य पछाएको मुम्बईले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

मुम्बईका लागि इशान किशनले सर्बाधिक ७५ रन बनाए भने सूर्यकुमार यादवले ६६ रन बनाए । त्यस्तै क्यामरुन ग्रीनले २३, टिम डेविडले १९ र तिलक बर्माले २६ रन बनाएका थिए ।

त्यस्तै पञ्जावका बलर नाथन इलिसले २ विकेट लिए भनर अर्शदीप सिंह र ऋषि धवनले एक एक विकेट लिए ।

योसँगै मुम्बई इण्डियन्सले लगातार दोस्रो पटक २०० भन्दा बढी रन चेज गरेर जितेको छ । यस अघिको खेलमा मुम्बईले राजस्थान रोयल्सविरुद्ध २१३ रनको लक्ष्य चेज गरेर जितेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ३ विकेट गुमाउदै २१४ रन बनाएको थियो । 

पञ्जावका लागि लियाम लिभिङस्टोनले सर्बाधिक ८२ रन बनाए भने जितेश शर्माले ४९ रन बनाए ।  त्यस्तै कप्तान शिखर धवनले ३० रन बनाए भने माथ्यु शर्टले २७ रन बनाए । 

त्यसैगरी मुम्बईका बलर पियुष चावलाले २ विकेट लिए भने अर्शद खानले एक विकेट लिए । 

यो जितपछि जारी आइपिएलमा मुम्बईको ९ खेलमा ५ जितसहित १० अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै पञ्जावको १० खेलमा ५ जितसहित १० अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा झरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै