चट्टानै चट्टानले भरिएको दुर्गम पहाडी मार्ग
साँझको समय लगातारको हिमपात
दुई बौद्ध आचार्यहरू यसै पथमा
बुद्धको मझ्यौला कदको काष्ठमुर्ति
बडो जतनले श्रद्धाका साथ दुवैले काखी च्यापेका
दुष्कर यात्रा पश्चात् को पडाव एक चीसो ओडारमा
रातसँगै छिप्पिदो हिउँको प्रताप आचार्यहरूको प्राण सङ्कट
अचानक
भन्तेले काष्ठमूर्तिमा अग्नि होम्यो
"बुद्ध र अग्नि !" आश्चर्यले दुई नेत्र बिस्फारित भए
सार्थक बुद्धलाई त उहिल्यै अग्निले शरण लिईसक्यो
आत्मसाधनको महत्त्व नै कति हुन्छ र !
मध्यरातसम्म
काष्ठमुर्तिले ताप दिइरह्यो
मध्यरातपछि
अन्ततः
दोश्रोले पनि पहिलोको अनुसरण गर्याे
उषा
नयाँ पाठ बोकेर ओडारमा झुल्किई
भन्तेहरू
बुद्ध छोडेर
बुद्धमार्गमा लम्किए ।
अप्प दिपो भव
अप्प दिपो भव