• २०८१ बैशाख २५ मंगलबार

रोल्पामा ट्र्याक्टर दुर्घटनामा एक मजदुरको मृत्यु

kharibot

रोल्पा । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक  मजदुरको मृत्यु भएको छ ।

दुर्घटनमा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन् ।

 जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा१त ३८८१ नम्बरको ट्र्याक्टर गए राति लुङ्ग्री गाउँपालिकाको मछेटीमा दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । लुङ्ग्रीको दोमैमा सडक निर्माणमा खटिएका कामदार काम सकेर बास बस्नका लागि किलाचौरतर्फ जाँदै गर्दा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका मजदुरको प्राथमिक स्वास्थ्यचौकी सुलीचौरमा उपचार भइरहको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै