• २०८१ बैशाख १४ शुक्रबार

भारतमा एक नेपालीको शव फेला

kharibot

धनगढी । भारतमा एक नेपालीको शव फेला परेको छ । अछामको मंगलसेन नगरपालिका वर्डा नम्बर १२ का गोपाल नाथ भारतमा मृत फेला परेका हुन् ।

भारतमा रहेकी पत्रकार ललिता विश्वकर्माले हरियाणा राज्यको रोहतक सहरमा काम गर्दै आएका नाथको शव फेला परेको बताएकी छन् ।

मृतकका आफन्तका अनुसार उनको हत्या गरिएको आशंका गरिएको छ । उनको शरीरमा चोट लागेको छ ।

व्यापारीहरूले नाथको हत्या गरेको परिवारका सदस्यको आरोप छ । उनको शव नदीमा फेला परेको थियो । हरियणा प्रहरीले उनको शव नदीबाट निकालेको छ । घटनाको थप अनुसन्धान जारी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै