• २०८१ बैशाख १५ शनिबार

बंगलादेशमा चक्रवाती आँधी, एक टापु डुब्ने चेतावनी !

kharibot

काठमाडौँ । बंगलादेशमा मोका आँधीको प्रकोप बढ्दै गएसँगै तीव्र हावा चल्न थालेको छ ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार चक्रवाती आँधी झन् खतरनाक बन्दै गएपछि बंगलादेशको एउटा टापु पानीमा डुब्ने बताएका छन् । यद्यपि, यो अस्थायी हुनेछ र केहि समय पछि टापुबाट पानी कम हुनेछ ।

बंगलादेशी अधिकारीहरूले भने, 'बंगलादेशको सेन्ट मार्टिन टापुमा कुनै पूर्वाधार विकास भएको छैन । जब आँधीको प्रकोप बढ्छ, यसको प्रभावले सेन्ट मार्टिन टापुको एक तर्फबाट पानी बढ्छ र अर्को तर्फ बाहिर निस्कन्छ । जसका कारण सेन्ट मार्टिन टापु केही समय पानीमा डुब्ने छ ।'

हावाहुरीको प्रभाव बढेसँगै त्यसको प्रभावले टापु पानीमा डुब्न सक्ने मौसम विभागका अधिकारीहरुले बताएका छन् । तर, यो अवस्था लामो समयसम्म रहनेछैन । बंगलादेशको मौसम विभागले आँधीको केन्द्र म्यानमार रहेको बंगलादेशको कक्स बजारलाई पनि असर गर्ने जनाएको छ । बंगलादेशको तटीय क्षेत्रमा पानी पर्न थालेको छ ।

मोका आँधीका कारण मध्य–पूर्वी बंगलादेशको खाडी र यसका छिमेकी भू–भागमा तीव्र हावा चल्ने छ । हावाको गति २१० किलोमिटर प्रतिघण्टासम्म रहन सक्छ । तटीय क्षेत्रमा अलर्ट जारी गरिएको छ । जसमा चट्टोग्राम, फेनी, नोआखली, लक्ष्मीपुर, चाँदपुर, बरिशाल, पुटुआखाली, झलकाठी, पिरोजपुर, बरगुना र भोला लगायतका क्षेत्र छन् ।

बंगालको खाडीमा विकसित भइरहेको  ‘मोका’ नामक चक्रवातले बिधम्स निम्ताउने सक्ने भन्दै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै