• २०८१ बैशाख १५ शनिबार

दैलेखमा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते

kharibot

दैलेख । दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् ।

डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।

घाइते चारैजनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको राति नै उद्धार गरिएको थियो । चारैजना खतरामुक्त रहेको दैलेख अस्पतालका प्रमुख डा धर्मराज रेग्मीले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय