• २०८० फाल्गुण २० आइतबार

जापानमा बस दुर्घटनामा २ नेपाली बिद्यार्थीको मृत्यु

kharibot

काठमाडौं । जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली बिद्यार्थीको मृत्यु भएको छ । जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुदाँ दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो । 

जापानी सञ्चारमाध्यमका अनुसार गत मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा नकाभ्रेका नवराज तामाङ र युवराज थापा रहेक छन् ।  थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी मिडियाले जनाएका छन् ।

जापानी मिडियाका अनुसार सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई  पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो, जसमा दुई नेपालीसहित तीन जनाको मृत्यु हुन पुग्यो । बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिराखेको अवस्थामा ट्रकले आएर ठक्कर दिएको हो । 

एक्सप्रेस रोडमा रोकिराखेको बसलाई ट्रकको ठक्करपछि सो बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो। उक्त बसमा चालक दलका सदस्य सहित ४० जना थिए, जसमा दुई नेपालीसहित तीनजनाले ज्यान गुमाए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै